२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारलाई पक्राउ गर्न अदालतको पूर्जी

पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारलाई पक्राउ गर्न अदालतको पूर्जी

रौतहट, असोज ९। जिल्ला अदालतले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ । रौतहटमा भएको डुंगा दुर्घटना हुँदा दुर्घटनाको मुख्य कारण समयमा नै पुल निर्माण नहुनु रहेको भन्दै पुल बनाउने जिम्मा लिएको ठेकदार कम्पनीमाथि उजुरी परेको थियो ।

डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले यस अघि पत्राचार गरेपनि अटेर गरेपछि अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको हो। भदौ ८ गते लालवकैया नदीमा निमार्णधीन पुलको पिलरमा डुंगा ठोकिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । डुंगामा भएका २४ जना पौडिएर बाँचेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij