
अहिले नेपालमा सफ्टवेयर निर्माण, वेभसाइट तथा मिडिया लगायतका कामहरु समेत सञ्चालन गरिरहेका घले आगामी दिनमा नयाँ क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजनामा छन् । समय अनुरुप परिवर्तन हुन सकेको खण्डमा मात्र आफू मात्र नभई समाजमा आफ्नो योगदान महत्वपूर्ण हुन सक्छ भन्ने कुरा बुझेका घले समय सन्दर्भ अनुसार अघी बढिरहेका छन् ।
धादिङका राम घले हाल पर्यटन क्षेत्रमा संलग्न छन् । धादिङमा घले समुदायमा जन्मिएका उनी आफूले शिक्षा लिने समयमा निकै धेरै व्यक्तिहरु अशिक्षित नै रहेको अवस्था थियो । निकै सङ्घर्षपूर्ण रुपमा उनले आफ्नो अध्ययन अघी बढाए । भोकै विद्यालय जानुपरेको घले सम्झन्छन् । विद्यालयमा अध्ययन गर्ने क्रममा समेत घलेले पढ्नुहुँदैन, माछा मार्नुपर्छ भन्ने किसिमले सांकेतिक रुपमा दबाब सृजना गरिन्थ्यो । समाजको आफू प्रतिको दृष्टिकोणको कारणले समेत उनलाई शिक्षामा अघी आउनको निम्ति प्रेरणा प्राप्त भयो ।
परिवारको आर्थिक अवस्था कमजोर नै थियो । त्यसैकारण उनले सानै उमेरमा विद्यालय तथा प्रौढ शिक्षा समेत पढाए । जसरी भएपनि आर्थिक अवस्था राम्रो बनाउने सपना मनमा बोकेका थिए । तर घर र गाउँ भन्दा बाहिरको परिवेश भने केही थाहा थिएन ।
यस्तै अवस्थामा उनी कहाँ के छ भन्ने जानकारी नहुँदानहुँदै पनि घर छोडेर निस्किए । वेटर, हाउसकिपिङ लगायतका कामहरु उनले काठमाडौंमा आएर गर्न बाध्य भए । कलेज पढ्ने रहर त प्रवल थियो तर अध्ययनको निम्ति आर्थिक स्रोत नभएको कारण उनी व्यावसायिक क्षेत्रमा नै अघी बढे । पछि पर्यटन क्षेत्रमा जोडिए । साथै सानो होटलबाट ठूलो होटलमा काम गर्ने अवसर मिल्यो ।
तासिधाबु लगायतका होटलहरुमा काम गरेका सामान्य कामबाट शुरु गरेका उनी पछि मासिक एक डेढ लाख सम्म कमाउने अवस्थामा पुगे । यद्यपि उनमा आफूले नयाँ क्षेत्रमा संलग्न हुने सोच बनाए । आफैंले कुनै व्यवसाय शुरु गर्ने सोच बनाए । यसै क्रममा वैदेशिक रोजगारीमा जाने तर्फ उनको रुचि पलायो । एकजना चिनेको व्यक्तिबाट भारत हुँदै उनी सिंगापुर पुगे । अहिले भन्दा करिब २० बर्ष पहिले । केही समय घुमेर उनी नेपाल फर्किए । आइटीको काम गर्ने भनेर नेपालमा राम्रो काम छोडेर गएका उनलाई त्यहाँ भने जस्तो काम प्राप्त नभएको कारण केही दिनपछि नेपाल फर्किनुप¥यो । पहिले जुन व्यक्तिले आफूलाई सिङ्गापुर लगेका थिए, उनलाई सम्पर्कमा ल्याउन नै नसकेपछि नेपालमा नै अन्य कुनै व्यवसाय गर्ने सोच उनमा पलायो ।
उनले नेपालमा नै नयाँ योजनाको साथ योग, ध्यान, लगायतका विभिन्न सेवाहरु सहित काम ट्रेकिङ र टुर्स शुरु गरे । नेपालमा लामो समय उनको यो काम अघी बढ्यो ।
नेपालमा लमजुङमा ४० ओटा बाख्रा पालन गरे, केही बर्ष पहिले ३० हजार विरुवा रोप्ने काम गरे । यसरी नै विभिन्न गतिविधिहरु उनले अघी बढाइरहेका छन् । अहिले उनी हेल्थमा समेत विशेष सचेत रहँदै आएका छन् । यसैकारण उनी नियमित रुपमा क्लबमा जाने गरेका छन् ।
त्यस समयमा नै नेपालमा मनोरञ्जन क्षेत्रमा समेत रुचि राख्ने घले नेपालमा टेलिभिजनमा समेत सुटिङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब ङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब २-३ लाख रकम लगानी गरेका उनी त्यस क्षेत्रबाट बाहिरिए । पछि साइबर संसारमा मोडलिङ गरे । नेपालमा फिल्म सुटिङ क्षेत्रलाई समेत पर्यटनसँग जोड्ने योजनामा समेत उनी अघी बढे । पछि उनी ट्राभल, ट्रेकिङ हुँदै कल्चरल टुर्समा समेत आफ्नो ध्यान केन्द्रित गरे । अहिले भने उनी एड्भेन्चर सम्बन्धी काम गर्ने लिवर्टी एडभेन्चर नामक ट्राभल कम्पनी चलाउँदै आएका छन् ।
लामो समय देखि एउटा सेवामा केन्द्रित रहँदै आएको पर्यटन क्षेत्रमा आफू भने फरक किसिमले प्रस्तुत हुने योजना बमोजिम घले अहिले पनि अघी बढिरहेका छन् । बौद्धमा अधिकांश ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई साइट सिन गराउने भएपनि आफू भने उक्त क्षेत्रमा फोटो सुट गर्ने काम शुरु गरेका छन् । नयाँ तवरले काम शुरु गर्दा तुलनात्मक रुपमा राम्रो प्रभाव समेत जमाउन सकिने र यसबाट राम्रो मुनाफा समेत लिन सकिने योजना बमोजिम उनी यो क्षेत्रमा काम गरिरहेका छन् । सोही बमोजिम उनले आफू संलग्न क्षेत्रमा सफलता समेत प्राप्त गरेका छन् । पर्यटकहरुले नेपालमा आइसकेपछि देखेका दृश्यहरुलाई सधैंको निम्ति जीवन्त बनाउन सहयोग गर्ने मान्यता बमोजिम उनी अलि भिन्न तवरले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छन् ।
मनोरञ्जन क्षेत्रमा समेत रुचि राख्ने घले नेपालमा टेलिभिजनमा समेत सुटिङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब ङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब २-३ लाख रकम लगानी गरेका उनी त्यस क्षेत्रबाट बाहिरिए । पछि साइबर संसारमा मोडलिङ गरे । नेपालमा फिल्म सुटिङ क्षेत्रलाई समेत पर्यटनसँग जोड्ने योजनामा समेत उनी अघी बढे । पछि उनी ट्राभल, ट्रेकिङ हुँदै कल्चरल टुर्समा समेत आफ्नो ध्यान केन्द्रित गरे । अहिले भने उनी एड्भेन्चर सम्बन्धी काम गर्ने लिवर्टी एडभेन्चर नामक ट्राभल कम्पनी चलाउँदै आएका छन् ।
नेपालमा अहिले लिवर्टी पछिल्लो समय निकै राम्रो तवरले अघी आउन सफल हुनुमा यसको फरक क्षेत्र केन्द्रित सेवा नै महत्वपूर्ण हो । यसाे हुनुमा विगतमा बसपार्क र एयरपोर्टबाट पर्यटकहरु सम्पर्कमा ल्याई आफ्नो कम्पनीबाट घुमाउने प्रचलन रहेकोमा यस प्रचलनमा अहिले परिवर्तन अाउनु महत्वपूर्ण रहेकाे व्यवसायी घले बताउँछन् । साथै घले विश्वका सबैजसो पर्यटकीय गञ्तव्य क्षेत्रमा पुगिसकेका घले नेपालमा भएका नयाँ योजनाहरुलाई अघी ल्याउने कार्यमा निरन्तर रुपमा सक्रिय रहँदै आएका छन् ।
नाट्टाका चार्टड प्रेसिडेन्ट समेत रहेका उनी आस्था ग्लोबल कन्फेरेन्स आयोजना हुन लागेको अवसरमा उक्त कार्यक्रममा सहभागि हुन जाने योजनामा छन् । विश्वका पर्यटन सँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने उक्त कार्यक्रममा नेपाल पर्यटनको निम्ति भर्जिन प्लेस हो भन्ने सन्देश आफूले त्यहाँबाट प्रवाह गर्ने उनले बताए ।
अहिले नेपालमा सफ्टवेयर निर्माण, वेभसाइट तथा मिडिया लगायतका कामहरु समेत सञ्चालन गरिरहेका घले आगामी दिनमा नयाँ क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजनामा छन् ।
समय अनुरुप परिवर्तन हुन सकेको खण्डमा मात्र आफू मात्र नभई समाजमा आफ्नो योगदान महत्वपूर्ण हुन सक्छ भन्ने कुरा बुझेका घले समय सन्दर्भ अनुसार अघी बढिरहेका छन् । समय आफैंमा परिवर्तनशिल छ । जीवनमा विभिन्न समस्याहरु र अवरोधहरु आउने भएपनि आफू ती सबै कुरामा अद्यावधिक रहँदै आफ्ना गतिविधिहरु अघी बढाइरहेका छन् ।
पछिल्लो समय विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिहरुमा व्यस्त घले आफू व्यस्त हुनुमा नै रमाइलोको महसुस गर्ने गर्छन् । नेपालमा आफू समयक्रम अनुसार आगामी दिनमा पनि परिवर्तन हुन तयार छन् ।
हाल परिवारका २ छोराहरुलाई नेपालमा नै रहेर काम गर्ने वातावरण आफूले निर्माण गर्ने सोचेका छन् । आफूले केही सानो कामको पहल गर्दा आगामी पुस्तालाई समेत ठूलो सहयोग पुग्न सकोस् र समाजलाई सही दिशामा अघी बढाउन सकियोस् भन्नेमा उनी पनि सचेत छन् । नेपालमा असल र सचेत नागरिक निर्माणको निम्ति विशेष पहल गर्दै त्यस बमोजिम आफू पनि अघी बढ्न तयार रहेको उनी बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij