नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा आज भाद्र १५ गते होटेल अन्नपूर्ण दरबारमार्ग काठमाण्डौमा नाडाका कार्यवाहक अध्यक्ष श्री कृष्णप्रसाद दुलालको सभापतित्वमा Training cum Workshop on “Enhancing Tax Skills” सम्पन्न भएको छ ।
नाडाका अनुसार यस्तो किसिमको तालिम कार्यक्रम नाडाले विगतमा पनि गर्दै आएकोे थियो । उक्त तालिम कार्यक्रममा नाडामा आवद्ध ८१ सदस्य कम्पनीहरुले आफनो सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजश्व विभागका निर्देशक शरद निरौला, भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, साहिल अग्रवाल तथा निकेतन अग्रवाल लगायतका व्यक्तिहरुको विशेष उपस्थिति थियो ।
सरकारको प्रतिनिधित्व सहित सम्पन्न यो तालिम कार्यक्रम आयोजना गरिएको र यो दोश्रो कार्यक्रम भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल क्षेत्रमा खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यो तालिम कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाको अनुमान छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका उपाध्यक्ष तथा राजश्व समितिका सभापति श्री प्रकाश कपुरीले गर्नु भएको थियो भने उक्त तालिम कार्यक्रम नाडाका महासचिव श्री सुनिल रिजालले सञ्चालन गर्नु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij