कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनालाई सांसदहरुले महत्वका साथ उठाएका छन्।
प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्दै सांसदहरुले निर्मला पन्तको वास्तविक बलात्कारी र हत्यारा जोगाउन प्रहरीले दिलीपसिंह विष्टलाई नक्कली अभियुक्त खडा गरेको आरोप लगाए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषिलाई सरकारले संरक्षण दिने काम गरेको भन्दै चर्को आलोचना गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाई दोषि भनेर अर्कै व्यक्ति उभ्याउने काम गरेको आरोप लगाएका हुन्।
सांसद मिन बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषि उम्काई सुस्त मनस्थितिका व्यक्तिलाई ल्याएर यिनै हुन् अभियुक्त भनेर जनतालाई ढाड्ने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे।
सांसद मिना पाण्डेलेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भईरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सासद रंगमति शाहीले कंचनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठाउने जनतामाथि सरकारले थप दमन गर्ने काम गरेको भन्दै आपत्ति जनाइन्।
सत्तारुढ दलकै सांसदहरुले पनि मुलुकभर बलात्कार र हत्या जस्ता घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका मृत्यु दण्ड दिने व्यवस्था संविधानमा नै गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सांसदले मैना कुमारी भण्डारीले निर्मला पन्तको हत्याबारेको यथार्थ अनुसन्धान गरी दोषिलाई कारवाही गर्न सभामुखको ध्यानाकर्षण गराइन्।
सांसद राधा ज्ञवालीले संविधान संसोधन गरि बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्यु दण्ड हुने प्रावधानको व्यवस्था गर्न माग गरिन्।
त्यसअघि कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले संसदमा विशेष समय लिएर बोल्दै निर्मला पन्तको हत्याबारे छानविन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij