२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

राजधानीका विभिन्न स्थानमा एकसाथ जुत्ता एक्सचेन्ज मेला शुरु

राजधानीका विभिन्न स्थानमा एकसाथ जुत्ता एक्सचेन्ज मेला शुरु

  • ‘नेपाली जुत्ता प्रयोग गरौं । स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराको साथ नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघको आयोजनामा राजधानीका विभिन्न स्थानहरूमा एकसाथ जुत्ता एक्सचेन्ज मेला शुरु भएको छ ।
    नेपालमा उत्पादित जुत्ताचप्पलहरु नेपाली उपभोक्ताहरुमा दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको अवस्थामा विदेशबाट आयात हुने कमसल गुणस्तरका जुत्ताहरु विस्थापनमा जुत्ता एक्सचेन्ज मेलाले विशेष सहयोग पुग्ने मेला आयोजककाे अपेक्षा छ। यसबाट नेपाली श्रम, सीप र पुँजीलाई बढावा दिन विशेष सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

अहिले नेपालको आयात निर्यात बीचको खाडल बढिरहेको अवस्थामा पनि नेपाली जुत्ता उद्योगहरु प्रति आकर्षण बढ्नु खुसीको विषय नै रहेको बताउँदै छिटै नै नेपाली जुत्ता क्षेत्र आत्मनिर्भर बन्ने र आयात विस्थापन मार्फत राष्ट्रको अर्थतन्त्रलाई माथि उठाउन विशेष भुमिका खेल्ने समेत आयोजकहरुको धारणा छ ।

मेलाका विशेषताहरु :
मेलामा नेपालका चर्चित ब्राण्डका जुत्ताहरु एकै ठाउँमा उपलब्ध छन् । साथै मेलामा कम्पनीको आधिकारिक विक्री मुल्यको तुलनामा २५ प्रतिशत छुट उपलब्ध हुनुको अलावा क्रेताले आफुसँग भएको जस्तोसुकै पुरानो जुत्ता लिएर आएपनि त्यसको न्युनतम ५ सय रकम मुल्याङ्कन गरी उक्त रकम छुट पछि हुन आउने रकमबाट घटाएर जुत्ता लिन सकिनेछ ।
यसरी जुत्ता लिँदा शुरुमा आधिकारिक मुल्य २५०० रहेको जुत्तामा उपलब्ध हुने छुट २५ प्रतिशत बापत ६२५ घटाइनेछ । त्यस पश्चात हुन आउने १ हजार ८ सय ७५ रुपियाँ मध्येबाट एक्सचेन्ज बापत ५ सय घटाई बाँकी १ हजार ३ सय ७५ रुपियाँमा उक्त जुत्ता लिन सकिनेछ ।

साथै एक्सचेन्ज मेला नेपाल जुत्ताचप्पल उद्योगी व्यवसायी संघकै आयोजनामा सञ्चालन गरिएकोले उपभोक्ता ठगिन सक्ने तर्फ कसैले पनि शंका नगर्न समेत संघका अध्यक्षको आग्रह छ ।
एक्सचेन्ज मेलामा १ हजार ९ सय ९५ देखि ४ हजार १ सय रुपियाँ सम्मका विभिन्न १ हजार डिजाइनको हाराहारीमा जुत्ता उपलब्ध रहेको समेत बताइएको छ । मेला हरेक दिन विहान ९ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहनेछ । साथै शनिवार समेत मेला खुल्ला रहनेछ ।

साथै उपभोक्ताहरुको अनुकुलता र समयलाई ध्यानमा राखि जुत्ता एक्सचेन्ज मेलाको कार्यक्षेत्र समेत विस्तार गरिएको छ । अब जुत्ता मेला पद्दमोदयमोड जुत्ता एक्सचेन्ज मेला, फेसन एण्ड शुज पार्क (सुन्धारा) र ललितपुर मल मध्ये अाफूलार्इ अनुकुल पर्ने कुनै एक ठाउँबाट जुत्ता एक्सचेन्ज सेवा लिन सकिनेछ ।

पद्दमोदयमोड जुत्ता एक्सचेन्ज मेला सिंहदरबारबाट पुतलीसडक हुँदै काठमाडौं फनपार्क जाँदा बायाँ पट्टिको पद्दमोदय क्याम्पस सँगै रहेको छ । सुन्धाराको फेसन एण्ड शुज पार्क धरहराबाट भोटेवहाल जाँदा ५० मिटर अगाडि (विजुलीहरुको होलसेल भए पट्टि) दाहिने तर्फ पर्छ । यसैगरी ललितपुरमा भने पाटन अस्पतालको अगाडि रहेको ललितपुर मलको पहिलो तल्लामा (भर्याङ सँगै) छ । जुन साझा बसको स्टप सँगै पर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij