भक्तपुरबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अपहरणकारीले बालकलाई घाँटी थिचेर मारेको प्रहरीको आशंका छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव सोमबार ठिमीमा भेटिएको बताए । निशान आइतबार साँझ आफ्नै डेराबाट अपहरणमा परेका थिए । खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे ।
आइतबार साँझ काठमाण्डुको काँडाघारीबाट अपहरणमा परेका बालकको उद्दारका लागि काठमाण्डु र भक्तपुर प्रहरीले ठिमीक्षेत्रमा व्यापक सर्च अपरेशन सुरु गरेको छ । त्यसक्रममा प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीको लोकेशन ठिमीक्षेत्रमा रहेको जानकारी पाएलगत्तै दुबै जिल्लाका प्रहरीले ‘सर्च अपरेशन’ सुरु गरेको थियो । अपहरणकारीले खड्कालाई अपहरण गरी करोडौं रकम फिरौती मागेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ । मृतक बालककी आमा चिया पसल चलाउँदै आएकी थिइन् भने बाबु वैदेशिक रोजगारका लागि मलेसियामा छन् । अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij