कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । सरकारले शेरबहादुर तामाङले राजीनामा दिएपछि काुननमन्त्री नियुक्त गर्न सकेको थिएन ।
मोरङ्ग क्षेत्र नम्बर ३ बाट निर्वाचित ढकाललाई सरकारले कानुनमन्त्रीमा नियुक्त गरेको हो ।
कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राले प्रमाणपत्र पाउन ‘शरीर सुम्पनुपर्ने बाध्यता रहेको’ भन्ने विवादास्पद अभिव्यक्तिका कारण केही दिनअघि पदबाट राजीनामा दिएका थिए ।
उनले साउन ८ गते राजीनामा दिएका थिए । पार्टीका वरिष्ठ नेताहरुले तामाङलाई राजीनामा दिन सुझाएपछि उनले राजीनामा दिएका थिए ।
राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भने फोरमका डा. सुरेन्द्र यादवलाई नियुक्त भएका छन् । यादव महोत्तरी ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय मात्र हुनेछ ।
को हुन् ढकाल ?
यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो ।
मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन् । तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो । ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij