बुटवल । सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेेका छन् । ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।
आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij