लाओसको दक्षिणी पूर्वी क्षेत्रमा एक बाँध भत्कँदा सयौं मानिसहरु बेपत्ता भएका छन्।
अट्टापेउ राज्यमा रहेको हाइड्रो पावरको बाँध सोमबार भत्कँदा आएको बाढीले ६ गाउँहरु डुवानमा परेको लाओसका सञ्चारमाध्यमहरुले जनाएका छन्।
बाँध भत्किएपछि आएको बाढीले घर बगाउँदा ६ हजार ६ सय मानिसहरु घरवारबिहीन भएको जनाइएको छ। घटनामा के कति मानिसको मृत्यु भयो भन्नेबारे अहिलेसम्म आधिकारिक तथ्यांक आएको छैन।
जेपियन–जे नाम नोय नामक उक्त बाध भत्कनुको कारण भने खुलेको छैन्।
लाओसका प्रधानमन्त्री टोङलोङ सिसोलिथ उक्त दुर्घटनापछि सम्पूर्ण सरकारी मिटिङहरु स्थगित गर्दै उच्च तहका अधिकारीहरु प्रभावित क्षेत्रको स्थलगत भम्रणमा गएका छन्।
स्थानीय अधिकारीहरुले सरकारी निकाय र अन्य समूदायहरुलाई आपतकालिन सहयोगका लागि आग्रह गरेका छन्।
उक्त बाँध भत्कदा पाँच बिलियन क्युबिक मिटर पानी बाहिरिएको छ। जुन दुई मिलियन ओलम्पिक स्वीमिङ पुल भर्नलाई काफी हुन्छ। पानीको सतह बढ्दै जादा मानिसहरुको उद्धारका लागि डुंगाहरु परिचालन गरिएको समाचारमाध्यमहरुले जनाएका छन्।
१.२ बिलियन अमेरिकी डलरको लागतमा उक्त हाइड्रोपावरको बाँध निर्माण कार्य जारी थियो। जी पियन जी नामनो नामक कम्पनीले उक्त बाध निर्माणको काम गरिरहेको थियो।
४१० मेगावाट क्षमताको उक्त हाइड्रोपावरबाट सन् २०१९ देखि सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीको वेवसाइटमा उल्लेख गरिएको छ।
वातावरणीय समूहहरु लामो समयदेखि गरिब र भुपरिवेष्ठित देश लाओसको हाइड्रोपावर निर्माणको महत्वाकांक्षाबाट सशंकित थिए। लाओसमा अझै थुप्रै बाँधहरु निर्माणका क्रममा रहेका छन्।
घटनाबारे विस्तृतमा समाचार आउन अझै बाँकी छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij