२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बालाजु र धर्मस्थली क्षेत्रमा साेमबार बिजुली नअाउने

बालाजु र धर्मस्थली क्षेत्रमा साेमबार बिजुली नअाउने

काठमाडौं । सडक विस्तारका कारण काठमाडौंको बालाजु र धर्मस्थली क्षेत्रमा सोमबार बिजुली नआउने भएको छ । 

बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारको काम भैरहेकाले सोमबार बालाजु फिडर बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्म बिजुली बन्द हुने भएको छ ।

यस्तै सोमबार नै दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बालाजु औद्योगिक क्षेत्रमा बिजुली बन्द हुने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij