२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डा केसीलाई देउवाको आश्वासन : माग जायज छन्, पुरा हुन्छ हुन्छ

डा केसीलाई देउवाको आश्वासन : माग जायज छन्, पुरा हुन्छ हुन्छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिएका छन् ।

जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीका मागलाई सम्बोधन गर्न ढिलाइ नगर्न सभापति देउवाले पनि सरकारसँग आग्रह गरे ।

शुक्रबार अपरान्ह वरिष्ठ चिकित्सक केसीको महाराजगंजस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उनले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने दोहोर्‍याएका छिन् ।

सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताकोतस्तै नआए मान्य नहुने चेतावनी दिए ।

सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आहृवान गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij