२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

केसीको जीवन रक्षाका लागि प्रर्दशनमा उत्रन देउवाको आह्वान

केसीको जीवन रक्षाका लागि प्रर्दशनमा उत्रन देउवाको आह्वान

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरेका हुन् ।

बिहिबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिए । सभापति देउवाले डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनको माग सम्बोधन गर्न गम्भिर नभएको आरोप समेत लगाए ।

सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भर्त्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij