२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डा.केसीको अनसनस्थलमा प्रहरी प्रवेश , झडपमा दर्जनौं घाइते

डा.केसीको अनसनस्थलमा प्रहरी प्रवेश , झडपमा दर्जनौं घाइते

बीस दिनदेखि डा.गोविन्द केसी अनसन बसिरहेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बिहीबार जर्बजस्ती प्रहरी प्रवेश गरेको छ। 

प्रहरीलाई रोक्ने तयारीमा रहेका डा.केसीका समर्थक र प्रहरीबीच झडप भएको छ। डा.केसीलाई जर्बजस्ती काठमाडौं लैजाने निर्णयअनुसार अनसनस्थलमा प्रहरी हस्तक्षेप भएको हो। झडपमा दर्जनौं घाइते भएका छन्।

स्थानीय पत्रकार एलपी देबकोटाकाे क्यामेरा तोडफोड गरी प्रहरीले कुटपिट गरेकाे छ।

प्रहरीले अस्पताल क्षेत्रमा दर्जनाैं राउन्ड अश्रुग्यास प्रहार गरेकाे छ। सरकारले डा।केसीको इच्छाविपरित जबर्जस्ती गर्न खोजेको थाहा पाएपछि सयौं विद्यार्थी र स्थानीय विरोधमा उत्रिएका छन्। विद्यार्थीले प्रतिष्ठानको गेटबाट प्रहरी प्रवेश गर्न नदिन सांग्लो बनाएर बसिरहेका थिए। प्रहरीले सांग्लो तोडेर भित्र प्रवेश गरेको हो।

डा.केसीलार्इ जबर्जस्ती काठमाडा ल्याउन मेडिकल टिमसहित नेपाली सेनाको हेलिकोप्टर भगवती दल गणमा स्ट्यान्डबाइ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij