२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेविसंघका कार्यकर्तामाथि प्रहरीको लाठीचार्ज, १० जना भन्दा धेरै घाइते

नेविसंघका कार्यकर्तामाथि प्रहरीको लाठीचार्ज, १० जना भन्दा धेरै घाइते

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ । 

माइतीघरमा प्रहरीले बनाएको बार तोडेर वानेश्वरतर्फ जान लाग्दा प्रहरीले लाठी र बुट हानेर भीडलाई तिरतबितर पारेको थियो ।त्यस क्रममा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठीलगायत १० भन्दा धेरै घाइते भएका छन् ।

घाइतेको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको हो । सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

नेविसंघले जुम्लामा आमरण अनसनरत डा‍। गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij