ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बराबरको बजेट तयार गरेको छ । 
महानगरको नगरसभाले पारित गरेको बजेट सोमबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यो वर्ष महानगरपालिकाले आफ्ना नगर क्षेत्रका मतदाता रहेका ७५ वर्ष नाघेका वृद्धवृद्धालाई वर्षमा थप ५ हजार नगर सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।
त्यसैगरी महानगरपालिकाले यो वर्ष वडाहरुको बजेटमा तेब्बरले वृद्धि गरेको छ ।
चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ मात्रै बजेट पाएका वडालाई १ करोड बजेट दिइँदैछ ।
त्यसैगरी ४० लाख बजेट पाइरहेका वडाले आगामी वर्ष १ करोड २० लाख बजेट पाउनेछ । यो वर्ष ५० लाख पाएकाले आगामी वर्ष १ करोड २० लाख बजेट पाउने बताईएको छ ।
महानगरपालिकाले बजेटमार्फ यो वर्ष केही विशेष प्रस्ताव पनि पारित गरेको छ । बजेटमार्फत ललितपुरमै एउटा सिटीईभीटीबाट समबन्धन लिएर महानगरपालिको सहकार्यमा कलेज चलाइने भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij