कलिउड फिल्म नगरेमा केहि कलाकारलार्इ आफ्नो पारिश्रमिक लिन पनि हम्मे हम्मे पर्छ तर बलिउड नगरी केहि यस्ता स्टार कलाकारहरू छन्, जो पारिश्रमिक बाहेक फिल्मले कमाएको मुनाफाको हिस्सा पनि लिने गर्छन् ।
हालसम्म पुरूष कलाकार मात्र हिस्सा रहेको यो लिस्टमा अब महिला स्टार कलाकारको नाम पनि दर्ता हुने भएको छ । ती स्टार हुन् प्रियंका चोपडा । भारतीय संचार माध्यमका अनुसार प्रियंकाले आफ्नो आगामी फिल्मबाट मुनाफाको पनि हिस्सा लिनेछिन् ।
बलिउडमा सलमान खान यस्ता अभिनेता हुन्, जो फिल्मबाट चर्को पारिश्रमिकका साथ फिल्मको कमाइबाट भएको फाइदाको हिस्सा लिने गर्छन् । यो मामलामा बलिउडमै उनको नाम सबैभन्दा अगाडि छ ।
प्रियंका चोपडालाइ बलिउडमा सेल्फमेड पनि भनिन्छ । उनी कुनै फिल्मी ब्याकग्राउन्डबाट नआएकी र उनको शसक्त अभिनय क्षमताले नै उनलार्इ सबैभन्दा अलग बनाउदै आएको छ । उनी अब भारत भन्ने फिल्ममा सलमानका साथमा देखिदैछिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij