२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

‘डुब्न लागेको डुंगा जोगाउने दाउमा’ खान

‘डुब्न लागेको डुंगा जोगाउने दाउमा’ खान

बलिउड अभिनेता सैफ अली खानको करिअर सही लिकमा चलिरहेको छैन । कतिपयले उनको करिअर समाप्त हुन लागेको टिप्पणी पनि गर्न थालेका छन् ।  बरु अहिले अत्यधिक चर्चा छ उनकी छोरी साराको ।

साराले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्मको सुटिङ सकिएको छ भने पोष्ट प्रोडक्सनको काम भइरहेको छ । यसैगरी उनको हातमा अर्को फिल्म पनि छ ‘सिम्बा’ । रोहित सेट्टी निर्देशित यो फिल्मको सुटिङ जारी छ ।

हिट फिल्मको खोजीमा रहेका सैफ अलीलाई अब छोरी साराको सहारा चाहिएको छ । आफूलाई हेर्न दर्शक नआउनेमा विश्वस्त रहेका उनी छोरीलाई हेर्न पक्कै आउने आशामा छन् । त्यसैले छोरीसँगै फिल्म खेलेर आफ्नो डुब्न लागेको डुंगा जोगाउने सोचिरहेका छन् ।

यहि बीचमा सैफले सोचेजस्तै अफर लिएर आए निर्देशक नितिन कक्कड । ‘फिल्मीस्तान’ बाट चर्चित बनेका यी निर्देशकले सैफ र सारालाई बाबुछोराको भूमिकामा प्रस्ताव गरेको बुझिएको छ । र सैफअलि खानले फिल्मको स्त्रिmप्ट मन पराइसकेका छन् । यो फिल्मलाई ज शेवारमानीले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij