२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरूलाई गृहमन्त्री थापाको आह्वान

अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरूलाई गृहमन्त्री थापाको आह्वान

गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरूलाई पनि आह्वान गरेका छन्।

गृहमन्त्री थापाले युवाहरू लागूपदार्थ दूर्व्यवसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे।

नेपाल मगर संघले मगर खेलाडीहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले खेलकुद क्षेत्रको माध्यमबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि बताए।

खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गरेर पनि मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाइ छ ।

गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिएको दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij