चर्को विरोधका बीच सरकारले मेडिकल कलेज खोल्न सजिलो प्रावधानसहित चिकित्सा शिक्षा विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । 
शुक्रबार विधेयक दर्ता भएको हो । चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकलाई हुबहु नयाँ विधेयकका रुपमा ल्याइएको हो ।
डा. गोविन्द केसी र कांग्रेस, विवेकशील साझालगायतले भने अध्यादेशमा भएका प्राविधिक त्रुटी सच्याउनेबाहेक अरु हुबहु आउनुपर्ने माग गर्दै आएका छन् ।
डा. केसी एक सातादेखि अनसनमा छन् । कांग्रेसले पनि संसद बैठक अवरुद्ध गरेको छ ।
सरकारले ल्याएको विधेयकमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि सञ्चालित अस्पताल हुनु पर्ने, सरकारी कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनु पर्ने जस्ता प्रावधान हटाइएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij