२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

जनताको क्रियाकलाप प्रभावित नगर्न संवेदनशील स्थानमा निशेधाज्ञा : गृहमन्त्री

जनताको क्रियाकलाप प्रभावित नगर्न संवेदनशील स्थानमा निशेधाज्ञा : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिए । 

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै उनले सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने बताए ।

सामाजिक विकृति र विसंगतिका रुपमा रहेको छाउपडीलगायतका कुप्रथाको अन्त्य गर्न सामाजिक जागरणको अभियान सञ्चालन गर्नपर्नेमा उनको जोड थियो ।

“मुलुकमा भएको अविरल वर्षापछि आएको बाढीपहिरोबाट जनधनको क्षति भएको छ, तराईमा डुबान हुँदैछ, यही असार १५ गते यता हालसम्म झण्डै दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, १५ जनाभन्दा बढी मानिस बेपत्ता छन्”, गृहमन्त्री थापाले भने ।

उनले भने, “विपत् न्यूनीकरणका लागि सदनमा उठिरहेको आवाज, राहत र उद्धारका कार्यक्रमलाई सम्बोधन गर्न सरकार सचेत र जागरुक रहेको छ ।” प्राकृतिक प्रकोपका घटनामा परेर कमभन्दा कम क्षति होस् भन्नेतिर सरकारको पर्याप्त ध्यान रहेको छ भन्दै गृहमन्त्री थापाले द्वन्द्व पीडितका बारेमा प्रश्न उठेकालाई समाधान गर्न राहत वितरण गर्ने र सबै समस्यालाई दीर्घकालीन ढंगबाट होस् भन्ने हिसाबले गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij