२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

जनप्रतिनिधिलाई विदेश भ्रमणमा अंकुश

जनप्रतिनिधिलाई विदेश भ्रमणमा अंकुश

काठमाडौं – संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो ।

भ्रमण नियमन गर्न ‘स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा बनाइसकेको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले बताए । तर, मस्यौदामा अर्थ र कानुन मन्त्रालयको सहमति लिन भने बाँकी नै रहेको उनले बताए । स्थानीय जनप्रतिनिधिको विदेश भ्रमणलाई व्यवस्थित गर्न मन्त्री लालबाबु पण्डितले नै निर्देशिका ल्याउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij