२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् । केन्द्रीयदेखि जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन् । तर लगातार दुई कार्यकालको अवधि भने कहिलेबाट गणना हुने भन्ने प्रष्ट उल्लेख नरहेको एक नेताले जानकारी दिए । यदि एकता भएदेखिकै अवधिलाई आधार मान्ने हो भने केपी ओली र प्रचण्डले अब एक महाधिवेशनमा मात्र अध्यक्षको उम्मेदवार हुन पाउनेछन् ।

अन्तरिम विधानका मस्यौदाकार स्थायी कमिटी सदस्य बेदुराम भुसालले दुई कार्यकालको गणना कहिलेबाट गर्ने भन्ने ब्याख्या हुन बाँकी रहेको बताए । तत्कालिन एमाले र माओवादी केन्द्रमा पदाधिकारी रहँदाको अवधिलाई पनि गणना गर्ने कि पार्टी एकतापछिको कार्यकाल गणना गर्ने भन्ने केन्द्रीय कमिटीले ब्याख्या गर्ने भुसालले बताए । कतिपयले महाधिवेशन वा अधिवेशनबाट निर्वाचित भएपछिको कार्यकाल गणना हुनुपर्ने तर्कसमेत गरेका छन् ।

नेकपाका स्थायी कमिटी सदस्यहरुलाई विधान र नियमावलीमा आवश्यक सुझाव दिन १० दिनको समय दिइएको छ । उनीहरुको सुझावका आधारमा केन्द्रीय सचिवालयले प्रस्ताव तयार पारेर फेरि स्थायी कमिटीमा पेश गर्नेछ र एउटा निर्णयमा पुग्नेछ । प्रस्तावित विधानमा पार्टी कमिटीको कार्यकाल केन्द्रको ५ वर्ष र वडाभन्दा तलको एक वर्ष तोकिएको छ । अन्तरिम विधानमा भनिएको छ, ‘केन्द्रीय कमिटीको पाँच वर्ष, प्रदेश कमिटीको चार वर्ष, जिल्ला र महानगर कमिटीको तीन वर्ष, उपमहानगर, नगर र गाउँ कमिटीको दुई वर्ष र सो मातहतका सबै कमिटीको एक वर्षको कार्यकाल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij