२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कहाँ-कहाँ भयो हिलाम्ये बर्षा ? दोहोरिन सक्ने अनुमान

कहाँ-कहाँ भयो हिलाम्ये बर्षा ? दोहोरिन सक्ने अनुमान

काठमाडौं – शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ । बर्षाले वायुमण्डलमा रहेको प्रदूषण र धूँवा धूँलो झारेपछि यस्तो असर देखिएको मौसमविदहरु बताउँछन् । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा भित्र्याएको धूलोका कणलाई बर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जमिनको सतहबाट २ किलोमिटर उचाइ आसपासको वायुमण्डलमा कुहिरोझैं फैलिएको धूलोको कणलाई बर्षाले पखालेको हो ।

हिलाम्ये बर्षा नेपालमा मात्र होइन पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा पनि परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पन्जाव, हरियाणामा प्रतक्ष्य देखिएको छ । राजस्थान आसपासको मरुभुमिमा अझै पनि हुरी चलिरहेको र धूलो मिश्रित वायु पूर्व सर्ने क्रम जारी रहेकाले हिलाम्ये बर्षाको प्रभाव दोहोरिन सक्ने मौसमविदहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij