जिल्ला प्रहरी कार्यालयले आदर्शनगरमा रहेको अनोजको विशाल हार्डवेयर पसलमा छापा मारेर उनलार्इ नियन्त्रणमा लिएको हो ।
जगदम्बा समूहका सदस्य तथा जगदम्बा इन्टरप्राइजेज प्रालिका सञ्चालक अनोजमाथि नक्कली भारतीय ‘रेती’ बिक्री गरिहेको पर्सा प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
भारतीय रेती कम्पनी जेके फाइल एण्ड टुल्स इण्डिया लिमिटेडले आफ्नो उत्पादन नक्कल बिक्री गरेको आरोपसहित प्रहरीमा उजुरी गरेपछि अनोजलार्इ पक्राउ गरिएको हो।
प्रहरीले छापा मार्दा चार इन्चको एउटा डब्बामा १० पिस रेती भएको ३५५ डिब्बा नक्कली रेती बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij