काठमाडौं । संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।
कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अनलाइनखबरसँग भने, ‘अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर एउटा बाटो छ । बाटोभन्दा उत्तरतिर करिब पाँच-सात बिघा खाली जग्गा छ । त्यसको उत्तर-पश्चिम कुनामा मकैबारीबाट बनमाराको झाडीमा सकेट बम फालेको पाइएको छ । कुनै पनि क्षति भएको छैन ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij