सरकारले देशव्यापी रुपमा सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गरेपछि आक्रोशित यातायात व्यवसायीले सातै प्रदेशबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनकै लागि उनीहरुले विशेष कमिटी गठन गरेका छन्।
सेतो घर डट कमसंग कुरा गर्दै आन्दोलन मूल संयोजन कमिटीका प्रचार विभाग प्रमुख सरोज प्रसाद सिटौलाले सातै प्रदेशमा अहिले बिहान ११.०० बजे गते पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरने र यो आन्दोलन नेपालको यातायात इतिहासमै ठूलो हुने जानकारी दिनु भ्यो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको संयोजकत्वमा हुने ऊक्त अन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ ढुवानी व्यवसायी महासंघले समेत संलग्न रहनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij