पोर्नस्टार अर्चना पनेरुको ‘श्रीमान’ वुल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
२०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसमाथि मुद्दामा म्याद दिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए । प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको छ । 
त्यस्तै प्राइस बस्दै आएको घरबाट १२ वर्षीय २ बालकलाई पनि प्रहरीले उद्दार गरेको एसएसपी पोखरेलले जानकारी दिए । उद्दार गरिएको दुई बच्चा चितवनको खैरहनीबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अवैध रुपमा बच्चा ल्याएर राख्ने गरेको भन्दै तीनथानामा रहेको बाल हेल्पलाइनले पनि किन ल्याएको भन्दै अनुसन्धान सुरु गरेको छ । प्रहरीले प्राइसमाथि लागुऔषध मुद्दा दर्ता गरी थप छानबिन गरिरहेको बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij