२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

काठमाडौं – कतारबाट नेपालीहरुलाइृ रकम पठाउन समस्या हुन थालेको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ । कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् ।

यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद अल थानीलाइृ भेटेर ध्यानाकर्षण गराएका छन् । त्यहाँको केन्द्रीय बैंकले भने नेपालीसहित आप्रवासी कामदारलाई आफ्नो देशमा रकम पठाउन नरोकेको प्रष्ट पारेको छ ।

समाचारमा लेखिएको छ, यस्तै सेवा शुलक पनि बढी लिएको उजुरी दूतावासमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij