२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

महँगाे शुल्कले मात्रै गुणस्तरीय शिक्षा पार्इंदैन ः टाइम्स स्कुलका प्रिन्सिपलकाे धारणा

महँगाे शुल्कले मात्रै गुणस्तरीय शिक्षा पार्इंदैन ः टाइम्स स्कुलका प्रिन्सिपलकाे धारणा

पदम अारडि, प्रिन्सिपल, टार्इम्स स्कुल

पठनपाठनकाे अलावा विद्यार्थीकाे सर्वाङ्गीण विकासमा विशेष जाेड दिँदै अाएकाे टाइम्स स्कुल तारकेश्वरकाे बाेहाेरटारमा सञ्चालमा रहेकाे विद्यालय हाे ।

विद्यार्थीकाे सर्वाङ्गीण विकासमा जाेड दिनुपर्छ भन्ने मान्यता राख्दै अाएकाे यस विद्यालयले तारकेश्वरकाे गाेलढुंगा क्षेत्रमा प्रभावकारी रूपमा अाफ्ना गतिविधिहरू अघी बढार्इरहेकाे छ ।

पुरानाे र पूर्वाधारयुक्त यस स्कुलले अाधुनिक प्रविधिमा अाधारित रहेर पठनपाठन गराउँदै अाएकाे छ ।

माध्यमिक तह स्तरीय यस विद्यालयले  वरपरका अन्य स्कुलकाे तुलनामा सुलभ शुल्कमा स्तरीय पठनपाठनमा जाेड दिँदै अाएकाे छ ।

प्रि स्कुल लेभलमा समेत न्यूनतम शुल्कमा अाधारभूत सबै सुविधाहरू अाफूहरूले उपलब्ध गराएकाे बताउँदै प्रिन्सिपल पदम अारडिले महँगाे शुल्क तिरेर मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने भ्रममा नपर्न अभिभावकहरूलार्इ अाग्रह गर्नुभएकाे छ ।

अाफ्नाे विद्यालयमा नै क्याटरिङकाे व्यवस्था गरी स्वस्थकर खाजाकाे व्यवस्था गरेकाे यस विद्यालयले अागामी दिनमा अहिलेकाे विद्यालय सञ्चालन रहेकाे क्षेत्र नजिकै अर्काे जग्गा भाडामा लिएर पूर्ण मन्टेश्वरी कार्यक्रम सञ्चालनकाे याेजना रहेकाे समेत बताउनुभएकाे छ।

स्मरण रहाेस्, टाइम्स स्कुल १७ बर्ष देखि सञ्चालन हुँदै अाएकाे स्कुल हाे । साथै अागामी दिनमा उच्च शिक्षा सञ्चालनकाे याेजनामा अाफूहरू रहेकाे समेत प्रिन्सिपलले बताउनुभयाे ।

नेपालमा अहिले सञ्चालनमा रहेका मन्टेश्वरी स्कुलहरू नामले मात्र चलेकाे भन्दै अभिभावकहरू अाफूले कस्ताे विद्यालयमा छाेराछाेरी पढाइरहेकाे छु भन्नेमा सतर्क रहन समेत उहाँले सेताेघर डट कम मार्फत अाग्रह गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij