मदिरा व्यवसायी संघ काठमाडौंले यस पटकको नयाँ नेतृत्वमा काठमाडौंका सबै क्षेत्रलाई समेट्ने किसिमले नयाँ कार्यसमिति गठन गरेको छ । यद्यपि सबै ठाउँ समेट्न नसकिएको भए अन्य सदस्यहरुलाई मनोनित गरेर केही सदस्य थपिन सक्ने मदिरा व्यवसायी संघ काठमाडौंका सचिव रुप
तामाङ बताउँछन् ।
मदिरा व्यवसायी संघ काठमाडौं प्रति अहिले जिल्लाभरका व्यवसायीहरुले निकै आशा गरेको कारण आफूहरुले समेत त्यसको निम्ति निरन्तर रुपमा पहल गर्ने सचिव तामाङले बताएका छन् ।
आफूहरुले यस व्यवसायलाई थप व्यवस्थित बनाउने र संगठनलाई चुस्त बनाउनको निम्ति पहल गर्ने आफूहरुको योजना रहेको समेत उनले सुनाएका छन् ।

नेपालमा मदिरा व्यवसायलाई बिलिङ सिष्टम बमोजिम अघी बढाउने योजनामा आफूहरु रहेको समेत उनले बताए । यसको साथै मदिरा व्यवसायमा लिकेजको समाधानको निम्ति ब्रिकेज, डिलर, होलसेल लगायतको निम्ति उत्पादक तथा वितरकसँग समेत सहकार्य गर्ने आफूहरुको योजना रहेको समेत उनले बताए ।
अहिलेको नयाँ कार्यसमितिले सदस्यता विस्तारमा समेत केन्द्रित हुनुपर्ने कुरामा उनले जोड दिए । यसै कार्यकालमा नै ३ हजार व्यवसायीहरुलाई आफ्नो संघमा आवद्ध गराउन सक्ने किसिमले निरन्तर रुपमा आफूहरु अघी बढेको उनले बताए ।
सबै व्यवसायीहरुका समस्याको समाधान हुने किसिमले यो कार्यकाल अघी बढ्नेमा उनले जोड दिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij