२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

काठमाडौं– सिद्धार्थ बैंकको १६ औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । चैत्र ४ गते सम्पन्न साधारणसभामा  बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ६,८२,६१,१७,१५५/– को १४ प्रतिशत अर्थात रु. ९५,५६,५६,४०२/– (पन्चानब्बे करोड छपन्न लाख छपन्न हजार चार सय दुई रुपैंया) बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  यसरी पारित १४ प्रतिशत बोनस शेयर र यस अघिनै स्वीकृतभई जारी भइरहेको  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।
बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटीम र ६८७ एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोहि अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij