२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गुल्मीमा एसइइ परीक्षामा संलग्न हुने विद्यार्थी पाँच हजार

गुल्मीमा एसइइ परीक्षामा संलग्न हुने विद्यार्थी पाँच हजार

गुल्मी । आगामी चैत्र ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षामा गुल्मीबाट करिब पाँच हजार विद्यार्थीले परीक्षामा सहभागिता जनाउने भएका छन् ।

यो वर्ष नियमित तर्फ मात्रै चार हजार ८८८ जना सहभागी हुने भएका छन् । एक्जाम्टेड तर्फ ६८ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । प्राविधिक तर्फ भने ९७ जना विद्यार्थी परीक्षा सहभागी हुन जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले जानकारी दिए ।

८८ जना विद्यार्थी भने परीक्षा दिनबाट बञ्चित भएका छन् । बञ्चित हुने मध्ये ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले विद्यालय छोडेका हुन् । गत वर्ष ११७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए ।

गुल्मीमा परीक्षा सञ्चालनका लागि जिल्ला विभिन्न स्थान २७ परीक्षा केन्द्र तोकिने भएको छ । गत वर्ष तोकिएकै केन्द्र संख्यालाई यस वर्ष पनि कायम राखिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij