२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

उपभाेक्ता सचेतना सम्बन्धी तारकेश्वरमा अायाेजित वक्तृत्वकलामा दिपा काप्री प्रथम

उपभाेक्ता सचेतना सम्बन्धी तारकेश्वरमा अायाेजित वक्तृत्वकलामा दिपा काप्री प्रथम

विश्व उपभोक्ता दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । हरेक बर्ष १५ मार्चलाई विश्व उपभोक्ता दिवसको रुपमा मनाउँदै आइएको छ । यस बर्ष पनि यस दिवसलाई नेपालमा भव्यताको साथ साताव्यापी रुपमा मनाइरहेको अवस्था छ ।

यसै सन्दर्भमा उपभोक्ता सचेतना जागरणको उद्धेश्य सहित ‘उपभोक्ता जागरण अभियानको लागि स्थानीय तहको भूमीका’ विषयक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको आयोजना उपभोक्ता अधिकार अनुसन्धान मञ्च बाट गरिएको हो । कार्यक्रम सम्पन्न गराउनको निम्ति आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सहयोगको सहयोग प्राप्त भएको थियो ।

तारकेश्वर क्षेत्रका १० विद्यालयका १७ विद्यार्थी संलग्न रहेको आजको उक्त कार्यक्रममा सिद्धार्थ मोडल स्कुलकी कक्षा ९ की छात्रा दिपा काप्री प्रथम भएकी छिन् । यसैगरी मनमैजु माविका गोपाल कोइराला द्वितीय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij