२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

यसरी घटाउन सकिन्छ ग्यासबाट हुने दुर्घटना : अध्यक्ष पन्थ

यसरी घटाउन सकिन्छ ग्यासबाट हुने दुर्घटना : अध्यक्ष पन्थ

ग्यास प्रयोगबाट हुने दुर्घटना बढ्नुमा उपभोक्ता सचेत नबन्नु मुख्य कारण

प्रदीप पन्थ हाल लामो समय देखि रुपन्देही जिल्लाबाट ग्यास कारोबारको क्षेत्रमा संलग्न रहँदै आएका छन् । हाल रुपन्देही ग्यास ग्यास विक्रेता संघको अध्यक्ष समेत उनै छन् । पछिल्लो समय एक सफल व्यवसायीको रुपमा स्थापित भइसकेका उनी सामाजिक गतिविधिहरुमा समेत संलग्न हुँदै आएका छन् । उनलाई उनकी अर्धाङ्गिनी कमला पन्थको महत्वपूर्ण सहयोग प्राप्त हुँदै आएको छ ।
रुपन्देही व्यापार संघको आजीवन सदस्य समेत रहेका उनी हाल ग्यास व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने कुरामा निरन्तर रुपमा लाग्दै आएका छन् ।

पछिल्लो समय नेपालमा ग्यास व्यवसाय निकै कम मुनाफामा काम गर्नुपर्ने क्षेत्रको रुपमा रहेको र यसबाट व्यवसायीहरु चल्न सक्ने अवस्था नै नभएको कारण यस क्षेत्रको कमिसन रकम बढ्नुपर्ने पक्षमा लामो समय देखि जिल्ला अध्यक्षको रुपमा समेत प्रदीप पन्थले विभिन्न पहलहरु गर्दै आएका छन् ।
हाल रुपन्देही जिल्लामा ६ सय ७८ ग्यास व्यवसायीहरु रहेको अध्यक्ष पन्थले बताए । पछिल्लो समय संघ ग्यास कारोबारको क्रममा आउन सक्ने सम्भावित दुर्घटनालाई कसरी कमी गर्न सकिन्छ भन्ने मान्यताले सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको समेत उनले बताएका छन् ।

अहिले बजारमा कुनै सिष्टम बिना जथाभावी रुपमा ग्यासको कारोबार हुँदै आएको कारण अहिले सम्म यस व्यवसायलाई व्यवस्थित बनाउन नसकिएको बताउँदै आगामी दिनमा तरकारी पसल, फलफूल पसल, किराना पसल, मेडिकल लगायतबाट ५-७ ओटा सिलिण्डर राखेर व्यवसाय गर्ने प्रचलन अन्त्य हुनुपर्ने समेत उनी बताउँछन् । यसो हुन सकेको खण्डमा व्यवसायलाई व्यवस्थित बनाउन निकै सहयोग पुग्नेमा उनी दृढ छन् ।

ग्यास प्रयोगको क्रममा हुने दुर्घटना बारे समेत बताउँदै यसो हुनुमा ग्यास उद्योगी तथा ग्यास प्रयोगकर्ता दुवै जिम्मेवार रहेको उनले बताएका छन् । उपभोक्ताहरुले पनि जानेर वा नजानेर सुरक्षा पाइप प्रयोग गर्नुको साटो पिभिसि पाइप नै प्रयोग गरिरहेको र यस्तो पाइपलाई आगो पानीले असर पार्ने, मुसाले काट्ने लगायतका समस्या आउने समेत बताए । साथै सस्तो मूल्यलाई मात्र नहेरी सुरक्षालाई समेत विशेष ख्याल गर्न सके ग्यास बाट हुने दुर्घटनालाई धेरै हद सम्म कम गर्न सकिने उनले बताए ।


पिभिसि पाइप प्रति मिटर ३५ रुपियाँमा उपलब्ध हुने तर सुरक्षा पाइप प्रति मिटर १५० पर्ने भएको कारण उपभोक्ताहरु मूल्यलाई नै हेरेर पिभिसि प्रयोग गर्दै आइरहेका र एउटै पाइप ८÷१० बर्ष सम्म पनि प्रयोग गरिरहेका कारण हुने दुर्घटना न्यूनीकरण गर्नको निम्ति सचेतना कार्यक्रम निकै महत्वपूर्ण हुन सक्ने पन्थको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij