२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अमेरिका पुगेका मुर्तिहरू नेपालमा फिर्ता ल्याइने

अमेरिका पुगेका मुर्तिहरू नेपालमा फिर्ता ल्याइने

तस्करले अमेरिका पुर्‍याएका दुई मूर्ति नेपाल फिर्ता ल्याइने भएको छ । मूर्ति नेपाल फिर्ता गर्ने सहमतिमा न्यूयोर्कस्थित कन्सुल जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन कला संग्रहालयका अध्यक्ष डेलियल एन विसले हस्ताक्षर गरेका छन् ।

फिर्ता हुन लागेका मध्ये एउटा टंगालहिटी पाटनबाट हराएको उमा महेश्वर (शिव-पार्वती)को मूर्ति हो भने अर्को यट्खाटोल काठमाडौंबाट हराएको बुद्धको पूर्णकदको मूर्त्ति हो । बुद्धको मूर्ति ११/१२ औं र शिव पार्वतीको मूर्ति १२/१३ औं शताब्दीमा बनेका मानिन्छन् । दुवै मूर्ति सन् ८० को दशकमा नेपालबाट हराएको अनुमान गरिएको छ ।

चोरी तस्करी भएर दुई मूर्ति अमेरिका पुगेको वर्षौंपछि पत्ता लागेको थियो । नेपालबाट चोरी भएर मूर्ति आइपुगेको खुलासा भएपछि न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले त्यसलाई आफ्नो प्रदर्शनी कक्षबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij