पाँचथर/ सुन सफा गरिदिने भन्दै ठगी गरेर पाँचथरबाट फरार भएका चार जना भारतीय नागरिक इलाममा पक्राउ गरेका छन् ।फिदिम–१३, स्थित लुङरुप्पाकी बसुन्धरा राईको सुनको गहना सफा गरिदिने भन्दै मारवाडि गालेर नक्कली सुन लगाइदिएर फरार भएकाहरु उनीहरुलाई इलाम बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्यका कृष्ण शाह, रञ्जित शाह, पवन शाह र ब्रिज शाह रहेका छन् । बसुन्धरा राईका श्रीमान शुक्रराज राईले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।
उनीहरुविरुद्ध जिल्ला अदालत पाँचथरमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij