२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

शाईन रेसुङ्गा ११ औं बर्षमा प्रवेश

शाईन रेसुङ्गा ११ औं बर्षमा प्रवेश

४ वटा स्थानमा शाखा बिस्तार

गुल्मी । शाईन रेसुङ्गा डेभलपमेण्ट बैक १० बर्ष पुरा गरी ११ औं बर्षमा प्रबेश गरेको छ । बैंकको ११ औ बार्षिक उत्सवका अवसरमा बैकले शुक्रवार रुपन्देहीको तिलोत्तमाको बनकट्टी र मणिग्राम, बुटवलको बेलवास र सैनामैनाको मुर्गियामा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट बैकका निर्देशक तथा भैरहवा शाखाका मुख्य व्यवस्थापक अशोक पौडेल, बेलवास शाखाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी र मुर्गिया शाखाको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर केसीले शुभारम्भ  गरेका थिए ।

चार वटै शाखा कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बैकले ८० बर्ष पुरा गरेका जेष्ठ नागरीकलाई नगद र अभिनन्दन पत्र सहित तथा आमा समुहका अध्यक्षहरुलाई सीपमुलक तथा व्यवसायीक तालिम आयोजना गर्ने समझदारी पत्र र अभिनन्दन पत्रले सम्मान गरेका थिए । सोही अवसरमा स्थानिय सामुदायीक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई गरीव तथा जेहेन्दार छात्रबृत्ति बितरण गर्न बिद्यालयहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरीएको थियो ।

कार्यक्रममा बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले लगानी, निक्षेप संकलन, कर्जा प्रबाह, कर्मचारीको संख्या र काम, बोनश र सेवाग्राहीलाई दिने सेवा प्रवाहमा डेभलपमेण्टक बैकमा सबैभन्दा उत्कृष्ट भइसकेको उल्लेख गर्दै अहिले राष्टिय स्तरका क बर्गका बाणिज्य बैकहरुसंग सेवा प्रवाहमा प्रतिष्पर्धा गरीरहेको बताए । कार्यक्षेत्र भएका सबै जिल्लाका प्रत्येक घरमा बैक पुग्ने लक्ष्य लिएको जानकारी गराउदै पहिलो चरणमा रुपन्देही जिल्लाका १६ वटै स्थानिय तहमा शाखा खोलेर प्रत्येक नागरीकलाई बित्तिय कारोवारको दायरामा ल्याई सेवा प्रवाह गर्ने योजना रहेको बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij