
काठमाडौं, फागुण ११ । नेपाल राष्ट्र बैैंकलाई जागिरको लागि एकदमै आकर्षक मानिएका कारण ठूलो संख्या कर्मचारीको आवश्यकता परेको छ । जसकारण केन्द्रीय बैंकले विभिन्न पदहरुमा एकपटक कूल एक सय ५१ जना कर्मचारीका लागि आवेदन खुला गरेको छ । यसै पनि अन्य स्थानमा भन्दा यस स्थानमा पाइने सेवा सुविधा र वैदेशिक भ्रमणको अवसरले नलोभिने कमै हुने गर्दछन् ।
नेपाल राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले बिहीवार एक सूचना प्रकाशित गरी सहायक निर्देशक पदमा अधिकृत तृतीय श्रेणीतर्फ प्रशासन सेवामा ४५ जना, सहायक पदमा सहायक द्वितीय श्रेणीतर्फ प्रशासन सेवामा ९६ जना र सहायक पदमा नै सूचना प्रविधि श्रेणीतर्फ प्राविधिक सेवामा १० जनागरी कूल एक सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको हो ।
अनलाइन दरखास्त फाराम फागुन ११ गतेदेखि चैत्र १ गतेसम्म अनलार्इन आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर चैत्र ८ गतेसम्म बुझाउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।
आवेदन गर्न बैंकको वेभसाइट www.nrb.org.np मा गएर Career @ NRB भित्र गर्इ त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वा व्यवस्थापन वा बाणिज्यशास्त्र, वा जनप्रशासन विषयमा स्नातकोत्तर सरह परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । सहायक प्रशासन पदका लागि दश जोड दुई वा सो सरहको परिक्षा उत्तीर्ण हुनुपर्ने मापदण्ड छ ।
सहायक सूचना प्राविधि पदका लागि कम्युटर इलेक्ट्रोनिक्स् हार्डवेयर इन्जिनियरिङ्ग विषयमा तीन बर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
हेर्नुहोस् विज्ञापन-

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij