पछिल्लाे समय कलाकारिता क्षेत्रमा जम्ने प्रयाशमा छिन् नम्रता बिष्ट । उसाे त उनलार्इ यस क्षेत्रमा अघी बढ्नकाे निम्ति गाउँले दार्इहरूकाे विशेष सहयाेग प्राप्त भएकाे उनी स्वीकार्छिन् ।
गाउँका दार्इहरू इश्वर थापा, माधव विष्ट र रामेश्वर भण्डारी यस क्षेत्रमा अघी बढिसक्नुभएकाे कारण अाफूलार्इ त्यति गाह्राे नपरेकाे अनुभव उनकाे छ ।
हाल विविएस पहिलाे बर्षमा अध्ययनरत उनले पहिलाे गीतकेा रूपमा ‘भेटाैं सानु अाज त एकफेर’मा विशेष भुमीका निभाएकी छिन् । यस गीतमा लय तथा शब्द संकलनमा माधव विष्टकाे छ भने स्वर नम्रता बिष्ट समेत छिन् । माधव विष्टकै प्रेरणाकाे कारण अाफू यस क्षेत्रमा अाउन सफल भएकाेमा कारण उहाँप्रति नम्रताले अादरभाव दर्शाइन् । माधव दाइले गीत गाउन अफर गरेकै कारण अाफू यस क्षेत्रमा अाउन सफल रहेकाे सेताेघर डट कमसँगकाे कुराकानीमा उनले बताइन् ।
नुवाकाेट पन्चकन्या-२ की उनी सानै देखि नै गीतसंगीत क्षेत्रमा विशेष चासाे राख्दै अाएकी थिइन् ।
पहिलाे गीतकाे सफलता पछि अहिले अर्काे गीत समेत रेकर्डिङ भइसकेकाे छ । जुन बजारमा अाउन बाँकी छ ।
गीतकाे अलावा विद्यालय तह देखि नै नाचमा समेत उनी त्यत्ति नै अब्बल रहँदै अाएकी थिइन् । 
अागामी दिनमा पनि गीतसङ्गीत क्षेत्रमा नै अघी बढ्ने याेजना रहेकाे समेत उनले बताइन् ।