
२०४९ सालमा स्थापना गरिएको तारकेश्वर–८ को पुरानो र प्रतिष्ठित शैक्षिक संस्था हो ज्ञानभूमि स्कुल । तत्कालिन समय देखि नै शिक्षाको क्षेत्रमा विशिष्ट पहिचान कायम गर्दै आइरहेको यस ज्ञानभूमी विद्यालयले विभिन्न ढंगले समाज तथा राष्ट्रकै शैक्षिक उनन्नयनको निम्ति ठूलो योगदान पु¥याउँदै आएको कुरा विज्ञहरु बताउँछन् ।
समाज रुपान्तरणको निम्ति शिक्षा अपरिहार्य सर्त भएको र शिक्षाकै माध्यमबाट समग्र राष्ट्रिय उन्नति सम्भव हुने भएकोले राष्ट्रिय आवश्यकतालाई कुनै न कुनै कोणबाट परिपुर्ति गर्न यो शैक्षिक संस्था विगत देखि नै सफल हुँदै आएको छ । शैक्षिक क्षेत्रमा रजत बर्ष मनाउने तयारीमा पुगेको यो प्रतिष्ठान अझै सामाजिक तथा शैक्षिक आवश्यकतालाई थप व्यापक र व्यवस्थित ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्ने अठोट राख्दछ । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल यो ज्ञानभूमि हाइ स्कुल आगामी दिनहरुमा अझै व्यवस्थित हुँदै जानेछ ।
शिक्षामा समर्पित भई लामो अनवरत बिटो सम्हालेका व्यक्तिहरु नै यस विद्यालयको संरक्षक तथा विद्यालयसँग आवद्ध हुनुहुनेछ । प्रतिष्पर्धात्मक विश्वबजारमा सफल मानवीय शक्तिको रुपमा सफलता प्राप्त गरिरहेका हाम्रा उत्पादन यस सफलतालाई उचाईमा पुर्याउनुहुने समाज, सरोकारवालाहरु अभिभावक तथा शुभचिन्तकहरु प्रति विद्यालय हार्दिक आभार व्यक्त गर्दछ । साथै यस्तो शुभेच्छाको विद्यालय अझ थप अपेक्षा राख्दछ र ऋणी बन्ने चाहना राख्छ ।
विद्यालय व्यवस्थापन परिवारले अझै बढी महसुस गरेका छौं कि राष्ट्रको निम्ति सक्षम र सबल मानवीय शक्ति उत्पादन, प्रयोग र संचित गर्नु नै हाम्रो दायित्व हो । यस अर्थमा हामी राष्ट्रसेवक नै हौं । शिक्षा प्राप्ति गर्नु सबैको मौलिक अधिकार हो । त्यसैले यस विद्यालयले पनि लक्षित उद्धेश्य प्राप्त गर्न आगामी दिनहरुमा अविरल र अनवरत ढंगले योजनावद्ध रुपमा थप शैक्षिक प्रारुप तयार गर्दै जानेछ ।
स्वस्थ, प्रतिष्पर्धात्मक वातावरणमा विशुद्ध शैक्षिक कार्यक्रमको खाका तयार पारेर बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि प्रभावकारी कार्यान्वयन गर्नु विद्यालयको शैक्षिक योजना रहेको छ । तसर्थ अभिभावकहरुको विद्यालय प्रतिको सदासयता र शुभेच्क्षा बमोजिम नै बालबालिकाहरुको स्तरवृद्धि गर्नको निम्ति आउँदो शैक्षिक बर्ष देखि नै व्यापक शैक्षिक योजनाको थालनी समेत गर्न लागिएको छ ।
जीवनको २ दशक भन्दा बढी समय म शिक्षा क्षेत्रमा नै समर्पित भइसकेको हुँदा अनुभवको आधारमा भोलिका स्तम्भ–बालबालिकाहरुको उनन्नयमा नै मेरो बाँकी समय यसै क्षेत्रमा समर्पित गर्नुको विकल्न नरहेको म देख्दछु । दीर्घ योजनाको साथ अविश्राम संस्थागत विकास र बालबालिकाको समुज्वल भविष्यको चित्र मानसपटलमा कोर्दै बाँकी समय पनि म अघी लम्किरहनेछु ।
म अभिभावकहरुलाई विद्यालयको सञ्चालन कार्यविधि प्रति चासो राखिदिनुहुन अनुरोध गर्दछु । विद्यालय र अभिभावकको साझेदारी भूमीकाबाट नै बालबालिकाहरुको शैक्षिक गुणस्तरको रुपान्तरण, वृद्धि र विकास हुने गर्दछ । विद्यालयीय वातावरणको अलावा घरायसी वातावरण, साथीसंगत तथा समयको उचित सदुपयोग आदि पक्षहरुका बारेमा गहन बुझाई र निरिक्षणात्मक भूमीका पनि बालबालिकाको उन्नतिको लागि उत्ति नै महत्वपूर्ण ठहरिन्छ ।
यसको साथै विद्यालयको समग्र कार्य सम्पादन र कार्यदिशाको एकमुष्ट अध्ययन गरी आफ्ना बालबालिकाहरुलाई उपयुक्त ठहर्ने उपयुक्त विद्यालयीय वातावरण चयन गर्नुहुन पनि म अभिभावकहरुलाई आग्रह गर्दछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij