२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जगत लामा (घिसिङ) को “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक

जगत लामा (घिसिङ) को “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक

 युवा गायक जगत लामा (घिसिङ) को नयाँ नेपाली लोक पप गीत “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

घिसिङको लोक पप गीत “शैलुङ महबर” म्यूजिक भिडियोलाई युट्यूव च्यानेल म्युजिक प्लस नेपाल मार्फत वाहिर ल्याएको हो। तामाङ भाषाको गीत “तेमाल ग्याम्से ” को अपार सफलता पछी “सिमलको भुवा” हुँदै अहिले यो भिडियो बजारमा आएको हो ।

धर्म बज्र लामाद्वारा निर्देशित यस भिडियोमा मोडल जगत घिसिङ, सिमा थिङ र मनु थापाले एकदमै अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “शैलुङ महबर” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार जगत लामा (घिसिङ) को संगीत तथा स्वर रहेको छ। त्यस्तैगरी साङगे लामा ब्लोनको शब्द र बाबु घिसिङ तामाङको एरेञ्जरमा तयार पारिएको भिडिय पेमा मान  सिहले सम्पादन गरेका हुन् भने सुलव दवाडीले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij