२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भक्तपुरका जनताहरुको समस्यालाई सिंहदरवारबाट समाधान गर्छु : महेश बस्नेत

भक्तपुरका जनताहरुको समस्यालाई सिंहदरवारबाट समाधान गर्छु : महेश बस्नेत

भक्तपुर, नेकपा एमालेका भक्तपुर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरमा रहेका जनताहरुको समस्याहरु समाधानका लागि आफू जहिले पनि तयार रहेको बताएका छन् । भक्तपुरका जनताहरुले दिएको जनमतलाई ध्यानमा राख्दै आफू जहिले पनि उक्त क्षेत्रमा आइपरेका विविध समस्याहरुको लागि आफू लडिरहने उनले बताएकाछन् ।
भक्तपुरको निलवाराही टोल सुधार समितिले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् । उनले भक्तपुरलाई ३ नम्वर प्रदेशको राजधानीका रुपमा ल्याउन समेत विभिन्न राजनीति पार्टीहरुसँग गहिरोसँग छलफल र बहस जारी रहेको समेत बताए । साथै भक्तपुरमा रहेका विभिन्न खालका समस्याहरुलाई केन्द्रीत गरेर आफूले विभिन्न खालका कार्यक्रमहरुलाई अघि बढाएको कुरा समेत प्रष्ट पारे ।

खानेपानी, ढल र पूर्वाधार निर्माणका लागि जहिले पनि आफू अहोरात्र कामहरु गर्दै आएको बताउँदै बस्नेतले निर्वाचन आयोगले हालसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाको रफैयाको कारण सांसदको सपथ नखाएको अबस्थामा समेत आफूले आफ्ना विभिन्न खालका विकास निर्माणका योजनाहरु दु्रत गतिमा अघि बढाउन सुरु गरिसकेको बताएका छन् ।
उनले भने, ‘मैले धेरै विकास निर्माणका काम गर्नु छ, मैले यी काम गर्न सकिन भने भोली यो तपाईहरुले लगाएको मालाको भारीले मलाई धिक्कार्ने कुरा समेत बस्नेतले बताए ।’

उनी आफू जहिले पनि भक्तपुर २ नंम्वर क्षेत्रमा आइपर्ने हरेक खालका समस्याहरुको लागि यहाँका जनताहरुसँगको सम्बन्धलाई सिंहदरवारमा जोडेर त्यस अनुरुपले काम गर्ने वातावरण निर्माण गर्न चाहेको समेत बताएका छन् । भक्तपुरमा रहेका विभिन्न उद्योगधन्दा कलकारखानाहरुलाई सहुलियत हुने किसिमले काम गर्नको लागि त्यस किसिमको वातावरण आवश्यक रहेको समेत उनले बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार मंहासंघ, काठमाडौंका कार्यसमिति सदस्य तथा राष्ट्रिय आर्थिक मासिकका सम्पादक पुस्कर बस्नेतले निलवाराही टोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा स्थानीय जनताहरुको चाहना भनेको अव्यवस्थित रुपमा रहेको फोहोरमैला, छारोधुलो, पानी, ढल निकास र यहाँ भएका सड्कहरुलाई व्यवस्थित गर्नु नै पहिलो आवश्यकता भएको उल्लेख गरे । प्रतिनिधि सभामा निर्वाचित हुनुभएका पूर्वमन्त्री तथा भक्तपुर २ का प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरुले यसको निम्ति प्रयाप्त पहल गर्नुपर्ने समेत पुष्कर बस्नेतले बताए ।


पत्रकार बस्नेतले जबसम्म भक्तपुरका तमाम जनताहरुले ढल, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता एउटा नागरिकमा नभई नहुने यी चिहरुलाई व्यवस्थित गरी समग्र भक्तपुरका जनताहरुमा राहत दिन तत्काल पहल गर्नुपर्ने समेत बताएका छन् । आफू एक पत्रकार मात्र नभएर उक्त क्षेत्रको स्थानीय बासिन्दा पनि भएको कारण त्यस क्षेत्रका समस्याहरुबारे आफुलाई पनि राम्रोसँग जानकारी भएको बस्नेतले बताए ।

भक्तपुरका जनताहरुका एक मात्र चाहना भनेको स्थानीयतहको व्यवस्थित विकास हो । यसको लागि जसरी पनि हामीले खोजेका र रोजेका नेता मन्त्री बन्नु पर्छ भन्नेमा अधिकांश भक्तपुरबासीहरु देखिन्छन् ।

उक्त कार्यक्रममा निलवाराही टोल सुधार समितिका उपाध्यक्ष ठेलुमान राईले यहाँका समस्याहरुका लागि हामीले जिताएका प्रतिनिधि माननीय महेश बस्नेतले यो क्षेत्रका समस्याहरुलाई ज्यू को त्यूमा बुझ्दै खानेपानी र ढलको लागि छिटो भन्दा छिटो पहल गरिदिनुहुनको लागि अनुरोध व्यक्त गरेकाछन् । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका गन्यमान्य लगायत नेकपा एमाले भक्तपुर जिल्लामा रहेका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा २०० जति सहभागीहरु उपस्थित रहेका कार्यक्रममा सहभागि स्थानीय गीता खढ्काले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij