गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेका स्थानीय वासिन्दा लाल बहादुर थापाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।भारत, दुबइ, साउदी लगायतका विभिन्न देशमा रोजगारी गरेर नेपालमा आइ काठमाडौंको सुन्धारा स्थित न्यू जनप्रिय गेष्ट हाउस सञ्चालन गर्दै आएका थापा राष्ट्रिय जनमोर्चा काठमाडौंका अध्यक्ष पनि हुन् । जनमोर्चा निकट अखिल भारत नेपाली एकता समाज मार्फत राजनीतिमा जोडिएका थापा विगत ८ बर्ष देखि जनमोर्चाको नेतृत्व गरिरहेका छन् । २०७२ को दोस्रो संविधानसभाको निर्वाचनमा समेत उम्मेद्वारी दिएका थापा काठमाडौंको ९ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । न्यूरोड, टेवहाल, कुलेश्वर हुँदै रामकोट, भीमढुंगा लगायतका क्षेत्रहरु समेटिन्छन् ।

मुलुकमा राजनीतिलाई पेशा बनाउने अहिले प्रवृत्ति प्रति थापा रुष्ट छन् । निर्वाचनमा जसले बढी रकम खर्च गर्न सक्यो, उसैले जित्ने प्रवृत्तिले भ्रष्टाचार र गलत क्रियाकलाप मौलाउनको निम्ति बाटो खुल्ने हुनाले यस्तो प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनी जोड दिन्छन् । साथै निर्वाचनको क्रममा मुलुक बाहिर रहेका नेपालीहरुले भोट हाल्न नपाउने अवस्था प्रति समेत उनी सन्तुष्ट छैनन् ।
जननिर्वाचित प्रतिनिधिहरुका पहल यस्ता हुनुपर्छ ः
नेपालीहरुको आयआर्जन अहिले पनि निकै नै कमजोर छ । नेपालमा उत्पादन समेत निकै कम छ । व्यापारघाटा बढ्दो छ । फलस्वरुप हामी आयातमा नै निर्भर छौं । हाम्रो गास, वास, कपासको अलावा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरुबाट अहिले पनि नेपाली जनताहरु वञ्चित भएको अवस्थामा निर्वाचित प्रतिनिधिहरुले न्यूनतम आधारभूत कुराहरुको सम्बोधन गर्दै मुलुकको समृद्धि र विकासको निम्ति दिगो दूरदृष्टिको साथ अघी बढ्नु जरुरी छ ।
मुलुकलाई सिष्टमबाट चलाउनु जरुरी ः
मुलुकमा प्रयाप्त कानुनहरु छन् । मुख्य कानुनको रुपमा संविधान समेत जारी भएको छ । तर अहिले पनि नेपालमा कानुन सही तवरले कार्यान्वयन हुन सकेको अवस्था भने छैन । यद्यपि अहिलेको निर्वाचन सम्पन्न भएपश्चात् भने मुलुक सिष्टममा हिँड्न सक्ने आधार बन्नेमा आशावादी हुन सकिन्छ । अहिले मुलुकको जुन राजनीतिक परिस्थिति छ, यही नै प्रयाप्त भने छैन । आगामी दिनमा फरक सोचको साथ मुलुकलाई विकासपथमा अघी बढाउनुपर्छ । जहाँ सबै राजनीतिक दलहरु सबै तहका जनतासँग प्रत्यक्ष रुपमा जोडिँदै विकासकार्यमा अघी बढ्न सकुन् ।
राजनीति निःस्वार्थ बन्नुपर्छ ः
अहिले हाम्रो देशले विकासको निम्ति गति लिन नसकेको अवस्थामा नेपाली जनताहरुको चेतना स्तर समेत माथि उठ्न सकेको छैन । साथै उत्पीडित व्यक्तिहरुले आफ्ना कुराहरु राख्न सक्ने अवस्था समेत बनेको छैन । राजनीतिक चेतना भएका व्यक्तिहरुले राजनीतिको माध्यमबाट समाजमा निःस्वार्थ रुपमा सामाजिक भलो हुने कार्य गर्नुको सट्टा राजनीतिलाई पेशाको रुपमा विकास गर्दै लगेका छन् । यसले गर्दा राजनीतिलाई हेरिने दृष्टिकोण समेत विस्तारै नकारात्मक बन्दै गएको छ ।
चुनावको क्रममा हुने अधिक खर्च, स्रोत व्यवस्थापन र यसको प्रभाव ः
निर्वाचनको समयमा हुने अस्वस्थ प्रतिष्पर्धात्मक चुनावी खर्च तथा दलीय भागबण्डा र निकटतम व्यक्तिको भलाई लगायतका परिस्थितिजन्य बाध्यता, कमिसनको प्रलोभन लगायतको कारण आर्थिक हिनामिना हुने अवस्था देखिएको छ । यस्ता विभिन्न समस्याहरुको कारण विनियोजित बजेटको निकै कम मात्र काम हुने गरेको अध्ययनबाट पाउन सकिन्छ । साथै कमिसनको प्रलोभनमा निकै कम खर्चमा सम्पन्न गर्न सकिने कामहरु समेत विदेशीलाई दिने अवस्था छ । जसले गर्दा हाम्रो अवस्था झन् कमजोर बन्दै गएको छ । यस्ता कार्यहरुलाई रोक्नको निम्ति समेत युवाहरु जागरुक र सचेत बन्नु जरुरी छ ।
चुनावी खर्चलाई लगानी मान्ने परिस्थितिको अन्त्य आवश्य

क ः
चुनावको क्रममा अहिले व्यक्ति पिच्छे नै निकै ठूलो रकम खर्च हुने गरेको छ । अहिले नेपालका ठूला दलहरुले यसरी चुनावको समयमा गर्ने खर्चलाई आफ्नो लगानीको रुपमा लिने गर्छन् । जुन लगानी रकम केही समयको अन्तरालमा थप प्रतिफल सहित फिर्ता गर्नुपर्ने मनसाय समेत बनाइनुलाई स्वभाविक मान्न सकिन्छ । यसरी खर्च भएको रकम अप्रत्यक्ष तवरबाट विभिन्न शिर्षकमा असुली गर्ने कार्य हुन्छ । यसैकारण मुलुकमा भ्रष्टाचार, कमिसनतन्त्र, गलत नीतिगत व्यवस्था लगायतले प्रश्रय पाउने गरेका छन् । जुन कपापि मुलुकको हित अनुकुल हुन सक्दैन ।
परिस्थिति सधैं एउटै रहँदैन
नेपाली जनता अहिले पनि तुलनात्मक रुपमा निकै पछाडि छन् । जनताहरुले पनि जुन दलले चुनावको क्रममा बढी रकम खर्च गर्न सक्छ, त्यही दलले नै भोटको माध्यमबाट जित्ने काम हुँदै आएको विगतलाई बुझ्न सकिन्छ । तर सधैं परिस्थिति एउटै एकै हुन सक्दैन । त्यसैकारण विकासप्रेमी व्यक्तिलाई निर्वाचित गर्नको निम्ति नेपाली युवाहरुमा राजनीतिक जागरण आउनु जरुरी छ ।
अहिलेको धु्रवीकरण
अहिलेको राजनीतिक धु्रवीकरणलाई नेपालको समयको अहिलेको माग र आवश्यकता नै मान्न सकिन्छ । नेपालमा कम्युनिष्ट दल वि.सं २००६ साल नै स्थापना भएको हो । यद्यपि विभिन्न समयमा टुट्दै र फुट्दै अहिले पुनः जोडिने अवस्थामा पुगेको छ । मुलुकको समग्र विकासको निम्ति अहिलेको राजनीति अघी बढ्नेमा हामी आशावादी हुन सकिन्छ । साथै मुलुकको विकास र समृद्धिको निम्ति अहिलेको धु्रवीकरणले विशेष भूमीका खेल्नुपर्छ ।
उद्यमशिलताको निम्ति सीपमूलक र व्यावहारिक शिक्षा आवश्यक
उत्पादन वृद्धिमा जान नसक्ने हो र युवाहरुलाई राम्रो शिक्षाको माध्यमबाट राम्रो कुरा सिकाउन सकेनौं भने त्यसले पार्ने दीर्घकालिन असर निकै नै भयावह हुन सक्छ । यसैकारण युवाहरुलाई उद्यमशिल बनाउन सक्ने किसिमका विषयवस्तुहरु हाम्रा शैक्षिक कार्यक्रमहरु समेटिनुपर्छ । विदेशमा बाध्य
तावश पलायन भएका युवाहरुलाई नेपालमा नै कसरी नेपालमा नै फर्काउन र नेपालमा नै अवसर सृजना गर्न सक्नुपर्छ । यसको निम्ति निर्वाचित व्यक्तिहरुले पहल गर्नु जरुरी रहन्छ ।
काठमाडौंमा जनमोर्चाको अवस्था
विगतमा काठमाडौंमा जनमोर्चाको अवस्था निकै राम्रो थियो । बीचमा केही कमजोर भएकै हो । तर हाम्रो सिद्धान्त र विचार निकै नै सशक्त छ । हाम्रो दलले नेपालमा संघीयताको विपक्षमा आवाज उठाउँदै आएको दल समेत हो । यद्यपि नेपालमा संघीयता गलत छ भन्ने मान्यतामा रहँदारहँदै पनि संघीयता मुलुकमा लागु गरिएको भएपनि यसले मुलुकमा पार्ने दीगो प्रभाव भने निकै नै डरलाग्दो हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij