२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

काठमाडाैं, २० चैतः स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ ।

यो योजना वर्षभरि लागू हुनेछ। यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ ।

यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत कर छुट दिनेछ, जसको सीमा तीन हजार युरो छ । साथै, देशभर विद्युतीय गाडी चार्ज गर्ने स्थान बढाउन पनि सहयोग गरिनेछ ।

पर्यावरण मन्त्री सारा आगेसनले मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले विद्युतीय गाडीको माग बढाउन मदत गर्छ र हाम्रो उद्योगलाई बाहिरी समस्याबाट जोगाउँछ ।”

उहाँका अनुसार यो योजनाले गाडी किन्नेहरूलाई भरपर्दो वातावरण सिर्जना गर्नेछ र विद्युतीय सवारी उत्पादन तथा अन्य सम्बन्धित उद्योगलाई पनि फाइदा पुग्नेछ ।

“हामीले अहिलेसम्म विद्युतीय सवारी र पूर्वाधारका लागि ३ अर्ब युरो खर्च गरिसकेका छौँ,” आगेसनले बताउनुभयो ।

युरोपेली संस्थाका अनुसार, सन् २०२४ मा स्पेनमा एक लाख ३३ हजार ६९९ वटा विद्युतीय गाडी बिक्री भए । यद्यपि, पूर्ण विद्युतीय र प्लग–इन गाडीको बिक्री अघिल्लो वर्षभन्दा ३.९ प्रतिशतले घटेको थियो। यी गाडीले कुल बिक्रीको ११.४ प्रतिशत ओगटेका थिए ।

  • रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij