२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेप्से परिसूचक २६ अङ्कले वृद्धि

नेप्से परिसूचक २६ अङ्कले वृद्धि

काठमाडौँ, ११ चैतः निरन्तर गिरावटपछि आज पुँजीबजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१० अङ्कले बढेर २,६४०.७८ विन्दुमा पुगेको छ ।

आज ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर ५८,२३५ पटक किनबेच हुँदा कुल कारोबार रकम रू ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार पुगेको छ ।

बजारमा सबै समूहका उपसूचक सकारात्मक देखिएका छन् । वित्त समूह सबैभन्दा बढी ३.५२ प्रतिशतले उकालो लागेको छ । बैंकिङ र विकास बैंक समूह समान ०.७१ प्रतिशतले बढ्दा, होटल तथा पर्यटन १.०३ प्रतिशत, जलविद्युत् ०.९५ प्रतिशत, लगानी ०.८३ प्रतिशत, जीवन बीमा १.४६ प्रतिशत, तथा उत्पादन तथा प्रशोधन समूह ०.७८ प्रतिशतले बढेका छन् । त्यस्तै, लघुवित्त ०.७९ प्रतिशत, म्युचुअल फन्ड ०.४४ प्रतिशत, निर्जीवन बीमा ०.६५ प्रतिशत, व्यापार १.०६ प्रतिशत, र अन्य समूह १.५० प्रतिशतले वृद्धि भएका छन् ।

आजको कारोबारमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य उच्च वृद्धि हुँदै ९.५१ प्रतिशतले बढेको छ । विपरीत, सबैभन्दा धेरै गिरावट अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा देखिएको छ, जुन ४.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ, जसको शेयर कारोबार रकम रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ पुगेको छ । त्यस्तै, कारोबार संख्याका आधारमा सानिमा ग्रोथ फन्डका ७ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij