२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

प्रोटोन ई.मास ७ नेपाली बजारमा, ४१० किलोमिटर रेञ्जसहितको ईभी

प्रोटोन ई.मास ७ नेपाली बजारमा, ४१० किलोमिटर रेञ्जसहितको ईभी

काठमाडौं, १० चैतः  नेपालमा प्रोटोन ब्रान्डको पहिलो विद्युतीय गाडी ‘प्रोटोन ई.मास ७’ (Proton e.MAS7) सार्वजनिक भएको छ। जगदम्बा मोटर्सले शुक्रबार आयोजित एक विशेष समारोहका बिच यो ईभी नेपाली बजारमा ल्याएको घोषणा गरेको हो। डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक भइसकेपछि नेपालमा पनि यसको प्रतीक्षा गरिएको थियो।

कम्पनीका अनुसार, प्रोटोन ई.मास ७ नवीनतम प्रविधि र उच्च सुरक्षासहित डिजाइन गरिएको छ। यो गाडी छवटा आकर्षक रङहरू— प्लाटिनम सिल्भर, टर्क्वाइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज, मोयु ब्ल्याक, र लिथियम ह्वाइटमा उपलब्ध छ।

प्राविधिक विशेषताहरू
यो विद्युतीय सवारी ग्लोबल मोडुलर आर्किटेक्चर (GMA) प्लेटफर्ममा आधारित छ। यसमा १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, सेल-टु-बडी (CTB) ब्याट्री आर्किटेक्चर, र एजिस सर्ट-ब्लेड ब्याट्री प्रविधि जस्ता आधुनिक प्रविधिहरू प्रयोग गरिएका छन्।

यसमा १६० किलोवाट पावर उत्पादन गर्ने मोटर जडान गरिएको छ, जसले ३२० एनएम टर्क प्रदान गर्छ। गाडीले ०-१०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा लिन सक्छ।

रेञ्ज र चार्जिङ क्षमता
प्रोटोन ई.मास ७ दुई भेरियन्ट— प्राइम र प्रिमियममा उपलब्ध छ।

प्राइम मोडेल : ४९.५२ किलोवाट आवरको ब्याट्रीसहित, एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ।

प्रिमियम मोडेल : ६०.२२ किलोवाट आवरको ब्याट्रीयुक्त, जसले पूर्ण चार्जमा ४१० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यसमा डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसअनुसार १० मिनेटको चार्जमा १३५ किलोमिटर रेञ्ज थप गर्न सकिन्छ भने २० मिनेटमै ३०-८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

सुविधा र मूल्य
गाडीमा भेन्टिलेटेड सिट, ठूलो स्टोरेज कम्पार्टमेन्ट, १६ स्पीकरसहितको साउन्ड वेभ सिस्टम, २५६-कलर एम्बियन्ट लाइटिङ, र १५.४ इन्चको टचस्क्रिन डिस्प्ले उपलब्ध छन्।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपालमा प्रोटोन ई.मास ७ ल्याउन पाउँदा उत्साहित रहेको बताए। उनले यस गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।

कम्पनीले ग्राहकहरूलाई ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, न्यूनतम मासिक किस्तामा खरिद विकल्प, एक वर्षको सडक कर छुट, निःशुल्क चार्जिङ प्याक, ६ वर्षको वारेन्टी, र प्रारम्भिक १०० ग्राहकलाई ५० हजार रुपैयाँ बराबरको उपहार योजना समेत उपलब्ध गराएको छ।

प्रोटोन ई.मास ७ को मूल्य:

प्राइम मोडेल : रु. ५६ लाख ९९ हजार

प्रिमियम मोडेल : रु. ६७ लाख ९९ हजार

जगदम्बा मोटर्सले देशभर चार्जिङ स्टेशन विस्तार गर्ने तथा सर्भिस सेन्टरहरूको सञ्जाल बिस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij