काठमाडौँ, ८ माघ : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार भएकाे छ । परिसूचक आज ५.०८ अङ्कले बढेर २ हजार ६ सय १३ .०८ को विन्दुमा कायम भएको हो ।
आज ३ सय ११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८ सय ४० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८ सय ९१ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०. ३५, वित्त १.०३, जलविद्युत् ०. ९२, म्युचुअल फन्ड ०.४८ र व्यापार समूह २.१० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक भने बढेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij