काठमाडौँ, ८ माघः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदकाे ७ माघको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी सङ्घीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदकाे सिफारिसमा यही माघ १८ गते शुक्रबार अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij