२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आजकाे राशिफल

आजकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विभिन्न अवसरले पछ्याउने   दिन  रहेको छ ।  भाग्यबल बढ्ने  छ। चिताएका काम पूरा हुने छन्। राेकिएका काम बन्नेछन् ।  शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।

|वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मिश्रित प्रभाव भएको दिन छ । बिद्यार्थीकाे लागि साेचेअनुरुप फल नमिल्न सक्छ। बाेलिकाे गलत अर्थ लाग्न सक्छ ख्याल  गरेर वाेल्नु हाेला । अनआवश्यक वादविवाद हुन सक्छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आर्थीक संकट हुन सक्छ । बिद्यार्थीकाे लागि  राम्रो दिन  छ ।आफन्त घरपरिवारले काममा सहयाेग गर्ने छन ।उधारो नदिनु हाेला उठ्न गाह्रो हुनेछ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो राशिको लागि राम्रो दिन छ।   प्रेम सम्बन्ध प्रगाढ बन्ने  छ ।परिश्रमकाे उचित फल मिल्ने छ। बिद्यार्थीकाे लागि दिन राम्रो  छ।   शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक बातावरण राम्रो छ।सामाजिक काममा मन जानेछ । प्रयत्न गरेको काम   सफल हुनेछ । जस् पाउनु  हुने छ ।मुद्दा मामिलामा जित हासिल हुनेछ  हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज कन्या राशिको लागि पारिवारिक विवादमा  संयमता अपनाउनु  हाेला। सन्चित धन खर्च हुनेछ । आजकाे समय राम्रो  बित्ने छ  । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्य क्षेत्रमा एकलै खट्नुपर्ने अवस्था आउन सक्छ ।   आफन्तका बिचमा खट्पट् बढ्ने  दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन्  ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजकाे दिन  मौसमी राेग लाग्न सक्छ विशेष ख्याल राखनु  हाेला । वन्धुबानधव र गुरुजनकाे सहयाेग मिल्ने छ। आमदामी राम्रो हुने दिन छ ।   आकस्मिक समस्या आइपर्ने दिन छ ।   शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पढाइ लेखाइ र बैादिक क्रियाकलापकाे लागि  उचित समय छ । धन आर्जन हुने छ ।   गरेका काम पूरा हुने दिन छ ।बिद्यार्थीकाे लागि  राम्राे छ  । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

पारिवारिक जीवन राम्रो छ।दाजुभाइ वा साथीबाट खुसिकाे खबर मिल्ने छ। बिद्यार्थीकाे लागि राम्रो छ। प्रतिष्ठा बढ्ने दिन छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्त जनसंग काम  लिन सके फाइदा हुने ।  लुकेको प्रतिभा प्रस्फुटीत हुने  कुल  र परिवारकाे काममा लाग्ने दिन छ ।उच्चकाेटिकाे सफलता  मिल्ने छ ।  शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)

यातायातकाे साधनको जाेहाे हुन सक्छ । कर्म सिद्धि नहुने याेग   छ। पढाइ राम्रो हुनेछ  ।   गृहिणीलाई कतिपय काम बिग्रन सक्छ । सामाजिक कार्यमा सफलता मिल्ने छ ।   शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।

माथि  जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस ।  मनमा शिव (कल्याणकारी ) भावना आउन  सक्छ।

जय शम्भु ।।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

सत्मार्ग एष्ट्राेलाेजी

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij