२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

उपभाेक्ता सचेत नै भएपनि अधिकार प्राप्तिकाे लागि लड्न तयार छैनन् : तीर्थ नारायण महर्जन

उपभाेक्ता सचेत नै भएपनि अधिकार प्राप्तिकाे लागि लड्न तयार छैनन् : तीर्थ नारायण महर्जन

तीर्थ नारायण महर्जन, अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च, काठमाडौं जिल्ला

राष्ट्रिय उपभोक्ता मञ्च उपभोक्ताको हक, हित र अधिकारको निम्ति काम गर्दै आएको संस्था हो । पछिल्लो समय यस संस्थाले तारकेश्वर क्षेत्रमा उपभोक्तालाई सहज तवरले सेवा सुविधा प्रदान गर्नको निम्ति नगरपालिकाका सम्बन्धित व्यक्तिहरुलाई भेटेरै त्यस्ताे आग्रह गरेको छ । तारकेश्वर क्षेत्रमा उपभोक्ताहरुलाई कसरी सहज र सरल तवरले सेवा दिन सकिन्छ भन्नेमा नगरपालिकासँग समेत छलफल भइरहेकाे महर्जन बताउनुहुन्छ ।

साथै तारकेश्वर क्षेत्र लगायत सबै क्षेत्रका व्यवसायाीहरुलाई कर तथा राजस्वको दायरामा ल्याई सहज र सरल तवरले सेवा प्रदान गर्नको निम्ति थप पहल अावश्यक रहेकाे समेत समेत यसबाट सहयोग पुग्ने राष्ट्रिय उपभोक्ता मञ्चका काठमाडौं अध्यक्ष तीर्थ नारायण महर्जन बताउनुहुन्छ ।
पछिल्लो समय नेपालमा आयात हुने गाडीले निकै धेरै शुल्क असुली गर्दै आएको, पछिल्लो समय शिक्षा प्रदायक संस्थाहरुले विद्यार्थीलाई निकै मारमा पर्ने गरी चर्को शुल्क असुली गर्दै आएको, चिनीको मूल्यमा हुने महँगी, तरकारीमा प्रयोग गरिएको विषादी र यसले पार्ने असर लगायतका विभिन्न कार्यक्रमहरुमा राष्ट्रिय उपभाेक्ता मन्च लगायतका संस्थाले खेलेकाे भुमीका महत्वपूर्ण रहेकाे समेत महर्जन बताउनुहुन्छ ।

यद्यपि नेपालमा अहिले उपभोक्तावादी संस्थाहरु निकै धेरै संख्यामा नै दर्ता भएका भएपनि ती संस्थाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँदै यस्ता संस्थाहरुले खासगरी उपभोक्ता सचेतना विस्तारको निम्ति काम गर्नुपर्ने बताउनुहुन्छ । उपभोक्ता अधिकारको निम्ति काम गर्न सकेको खण्डमा यसबाट समाजलाई सचेत र जागरुक बनाउन सहज हुने महर्जनको दाबी छ ।

पानीको हाहाकारकै कारण संस्थाको जन्म
२०४५-०४६ कै समयमा पानीको हाहाकार भएको अवस्थाबाट यस राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना हुन पुगेको हो । त्यस समय गणेशमान सिंह, मनमोहन अधिकारी, मंगलादेवी सिंह, सुर्य बहादुर शाक्य, बाबुराम भट्टराई, ऋषिकेश शाह, केदार कोइराला लगायतका व्यक्तिहरुको चासोमा २०४३ मा यस संस्थाको संरचना भइ २०४७ मा यस राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना भएको महर्जन बताउनुहुन्छ ।

उपभोक्ता जागरुक बनेका छन् तर……………………….
पछिल्लो समय नेपालका उपभोक्ताहरु पनि आफ्नो न्यूनतम अधिकार सम्बन्धमा विशेष जागरुक बनेका छन् । आफूले प्रयोग गर्ने वस्तु कस्तो छ ? उपभोग्य मिति, उत्पादन मिति लगायतका कुरामा धेरै जागरुक त बनेका छन् । तर अहिले जुन रुपमा गहन तवरले जागरुक बन्नुपर्ने हो, त्यो भने हुन नसकेको यद्यपि सतही जागरुकता भने आएको बताउनुहुन्छ ।
अधिकार प्राप्तिको लागि लड्न पनि तयार हुनुपर्छ 
नेपाली युवाहरु केही हद सम्म सचेत बनका भएपनि यतिले मात्र हुँदैन । आफ्नो अधिकार प्राप्तिको निम्ति सबै सम्बन्धित क्षेत्रबाट लड्नुपर्छ भन्ने बारे भने नेपालीहरुमा त्यस किसिमको जागरुकता आउन सकेको छैन । राज्यले संविधानमा नै उपभोक्ताको अधिकार सम्बन्धी व्यवस्था गरेको अवस्थामा उक्त अधिकार प्राप्तिको निम्ति लड्नुपर्ने सम्बन्धमा त्यस किसिमको जागरुकता ल्याउने कार्य उपभोक्तावादी संस्थाहरुको निम्ति चुनौतीको रुपमा देखिएको छ ।

१५ मार्चमा विश्व उपभोक्ता दिवस सफल पार्न आग्रह 
यस बर्ष आपुर्ति व्यवस्था विभागले मनाउन लागेको विश्व उपभोक्ता दिवसलाई सफल पार्नको निम्ति सबैले सहयोग गर्न समेत महर्जनले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij